२०८० चैत २५ गते २२:१५ विकासन्युज
काठमाडौं । फोटो पत्रकारहरूको छाता संगठन पिजे क्लब, नेपालमा नयाँ नेतृत्व आएको छ । आइतबार सम्पन्न संस्थाको १३औं वार्षिक साधारणसभाले द्वारिका काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा कान्तिपुर दैनिकका अंगद ढकाल, महासचिवमा नयाँपत्रिकाका अमुल थापा, सचिवमा गोरखापत्र दैनिकका कबिन अधिकारी, कोषाध्यक्षमा केशव थापा निर्विरोध निर्वाचित भएका छन् । यसै गरी सदस्यहरूमा संन्जोग मानन्धर, निशा भण्डारी, इलिट जोशी, बिजु महर्जन, सरोज बैजु र सन्जित परियार निर्विरोध चयन भएका छन् ।
नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब, नेपालको निर्वाचन अधिवेशनका रूपमा समेत सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.