२०८० चैत २० गते १२:५१ विकासन्युज
काठमाडौं । दुई पाङ्ग्रे सवारीसाधनमा नेपालमा सर्वाधिक विक्री हुने होण्डाले आफ्नो नयाँ बाइक एनएक्स २०० नेपाली बजारमा ल्याएको छ ।
एनएक्स २०० बाइक सिटी राइडिङ र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भएको कम्पनीले जनाएको छ । यसको ‘अप-राइट पोजिशन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ले आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
एनएक्स २०० मा उपलब्ध ‘वाइण्ड भाइजर’ र ‘एलईडी विङ्कर’ सहितको ‘नकल कभर’ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.