बजारमा परिसूचकसँगै घट्यो कारोबार, अधिकांश समूह राताम्मे

  २०८० चैत ४ गते १५:२७     विकासन्युज

काठमाडौं । साताको पहिलो दिनको सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभर तीव्र उतारचढाव देखिएको बजारमा परिसूचक १०.६२ अंकले घटेको छ भने कारोबार रकम ५६ करोडले घटेको छ ।

सेयर मूल्य मापक नेप्से परिसूचक गत बिहीबारको तुलनामा ०.५१ प्रतिशतले घटेर २०७०.२५ बिन्दुमा झरेको छ ।

त्यस्तै, आइतबारको बजारमा ३ अर्ब ३८ कम्पनीको सेयर कारोबार भएको छ । यसअघि अर्थात गत बिहीबारको बजारमा भने ३ अर्ब ९४ करोडको सेयर किनबेच भएको थियो ।

आइतबार सर्वाधिक सेयर कारोबार हुनेको सूचीमा शिवम् सिमेन्ट रहेको छ । जसको एकैदिन ४१ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारसँगै सेयर मूल्य पनि एकैदिन २१.९० रुपैयाँले बढेर प्रतिकित्ता ५७६ रुपैयाँ पुगेको छ ।

घटेको बजारमा पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा किनबेच भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १० प्रतिशतले बढेर प्रतिकित्ता २८७.१० रुपैयाँ पुगेको छ । त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५६ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ३४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आइतबार टप लुजरको अग्रस्थानमा भने वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य एकैदिन ९०.५० रुपैयाँ अर्थात ७.८३ प्रतिशतले घटेर प्रतिकित्ता १०६६ रुपैयाँमा झरेको छ ।

आइतबार कारोबारमा आएका अधिकांश समूह राताम्मे देखिएका छन् । विकास बैंक, फाइनान्स र उत्पादनमूलक समूह बाहेक बाँकी समूह घटेर राताम्मे देखिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.