२०८० चैत २ गते ८:२४ विकासन्युज
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको छैठौं वार्षिक साधारण सभा चैत २९ गते बस्ने भएको छ । सभा काठमाडौं कालिकास्थानमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न इन्स्योरेन्सले छैठौँ वार्षिक साधारण सभा बोलाएको हो । यस वर्ष कम्पनीले लाभांश नदिने भएको छ ।
सभाले हकप्रद सेयर जारी गर्ने प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.