२०८० चैत २ गते ८:१२ विकासन्युज
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद सेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न लागेको हाे । कम्पनीका अनुसार उक्त सेयरमा चैत १२ गतेदेखि २० गतेसम्म बोलपत्र पेस गर्न सकिने छ ।
कम्पनीले निष्काशन तथा बिक्री गरेको सेयर फागुन ३० गते बाँडफाँड गरेको थियो । कम्पनीले १ः१ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बिक्री गर्न लागेको हाे ।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेस गर्नुपर्नेछ। उक्त सेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.