२०८० फागुन १८ गते १७:१७ विकासन्युज
काठमाडौं । शुक्रबारदेखि ‘कनेक्ट आईपीएस’को सेवा अवरुद्ध हुने भएको छ ।
भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस प्रालि (एनसीएचएल)अन्तर्गतको कनेक्ट आईपीएससहितका केही भुक्तानी प्रदायकको सेवा आज रातिदेखि अवरुद्ध हुने भएको छ ।
कम्पनीले दिएको जानकारी अनुसार आज शुक्रबार राति १० बजेपछि कनेक्ट आईपीएसस, रिटेल पेमेन्ट स्वीच, करर्पोरेट–पे र एनपीआई लगायतका प्रणाली/च्यानलहरू अस्थायी रुपमा बन्द हुने जानकारी दिएको हो ।
एनसीएचएलद्वारा सञ्चालित प्रणालीहरुको सिस्टम मेन्टिनेन्सका लागि शनिबार बिहान ३ बजेसम्म सेवा अवरुद्ध रहने बताइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.