२०८० फागुन ११ गते १८:३० विकासन्युज
काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाटबाट जन्मेको २६ दिन भएकी नवजात शिशु चोरी भएको छ । शुक्रबार थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट बच्चा बालिका चोरी भएको हो ।
काभ्रेको चौरी देउराली गाउँपालिका-३ घर भएर कपन बस्ने २२ वर्षिया सविना श्रेष्ठले आफ्नो बच्चा हराएको भन्दै दिउँसो साढे १२ बजेतिर प्रहरी कहाँ खबर गरेकी काठमाडौं जिल्ला प्रहरी परिसरले जानकारी दियो ।
‘चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिनु भन्दै रिपोर्ट लिन जानुभएको रहेछ’, एक प्रहरीले भने, ‘आउँदा महिला हिँडिसक्नु भएको रहेछ ।’
अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर छोरी लिएर फरार भएको पीडित महिलाले प्रहरीलाई बताएकी छन् ।
क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा भने बच्चा लिएर फरार भएकी महिला कैद भएकी अनुसन्धान अधिकृतहरुले बताएका छन् । उनीहरूका अनुसार बच्चा लैजाने आरोपीको हुलिया पहिचान भएको छ ।
यद्पि, काठमाडौं प्रहरी परिसरले भने खोजी कार्य जारी भइरहेको बताएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.