बलिउड सुपरस्टार अमिताभ बच्चन दम्पतीको सम्पत्ति कति छ ?

  २०८० फागुन ३ गते १६:३०     विकासन्युज

काठमाडौं । बलिउड अभिनेत्री तथा मेगास्टार अमिताभ बच्चनकी पत्नी जया बच्चन पाँचौं पटक राज्यसभामा जाँदै छिन् ।

उनी यसअघि चार पटक समाजवादी पार्टीबाट राज्यसभा सांसद भइसकेकी छिन् र यही पार्टीबाट पुनः राज्यसभामा पुग्ने भएकी छिन् ।

फिल्ममा आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित जयाको सम्पत्तिको कुरा गर्दा उनी करोडौंकी मालिक हुन् ।

समाजवादी पार्टीबाट उम्मेदवारी दिएका बेला १३ फेब्रुअरी २०२४ मा जयाले निर्वाचन आयोगलाई दिएको शपथपत्रमा उनले आफ्नो चल-अचल सम्पत्तिबारे उल्लेख गरेकी छिन् ।

त्यसमा दिइएको जानकारीअनुसार ७५ वर्षीया जया र श्रीमान् अमिताभ बच्चनको कुल चल-अचल सम्पत्ति १५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

यसमा दुवैको आर्थिक वर्ष २०२२-२३ को आम्दानी उल्लेख गरिएको छ । यस अवधिमा जयाको कमाई १ करोड ६३ लाख ५६ हजार १ सय ९० रुपैयाँ थियो भने अमिताभले आफ्नो नेटवर्थमा २ अर्ब ७३ करोड ७४ लाख ९६ हजार ५ सय ९० रुपैयाँ थपेका छन् ।

चुनावी शपथपत्रका अनुसार जयासँग ५७ हजार ५ सय ७ रुपैयाँ नगद र १० करोड ११ लाख ३३ हजार १ सय ७२ रुपैयाँ बैंक खातामा जम्मा भएको छ ।

जहाँ श्रीमान् अमिताभसँग १२ हजार ७५ हजार ४ सय ४६ नगद र १ अर्ब २० करोड ४५ लाख ६२ हजार ८३ रुपैयाँ बैंक डिपोजिट छ ।

जयाले गरेको लगानीको बारेमा कुरा गर्दा उनले सेयर, बन्ड र डिबेञ्चरमा ५ करोड १८ लाख ५७ हजार ९ सय २८ रुपैयाँ लगानी गरेकी छिन्, जहाँ अमिताभको लगानी १ अर्ब ८२करोड ४२ लाख २९हजार ४ सय ६४ रुपैयाँ छ ।

यदि शपथ पत्रलाई मात्रै हेर्ने हो भने बच्चन दम्पतीले एनएसएस, हुलाक बचत वा बीमा नीतिमा कुनै पैसा लगानी गरेका छैनन् ।

अभिनेत्री र चार पटकको राज्यसभा सदस्य जयासँग ९ लाख रुपैयाँको गाडी छ भने अमिताभको कार कलेक्सन करिब १७ करोड रुपैयाँको छ ।

गहनाको कुरा गर्दा जयासँग ४० करोडको गहना छ भने उनका श्रीमानको ५४ करोडको गहना छ ।

शपथपत्रका अनुसार कुल सम्पत्तिमध्ये दम्पतीसँग ८ अर्ब ४९ करोड ११ लाख रुपैयाँको चल सम्पत्ति छ भने दुवैको ७ अर्ब २९ करोड ७७ लाख रुपैयाँको अचल सम्पत्ति छ ।

बच्चन परिवारको लक्जरी जीवनशैली उनीहरूको सम्पत्तिबाट सजिलै अनुमान लगाउन सकिन्छ । १५ वर्षको उमेरमा बलिउडमा प्रवेश गरेका जया र उनका श्रीमान् अमिताभ बच्चनले आफ्नो अभिनयका आधारमा फरक स्थान हासिल गरेका छन् ।

दुवैको सम्पत्ति स्रोतबारे कुरा गर्दा जया बच्चनको सम्पत्तिमा उनको सांसदको तलब र अभिनयबाट भएका कमाइ समावेश छ ।

जहाँ अमिताभले फिल्मबाट आम्दानी, ब्याज, भाडा, लाभांश, पुँजीगत लाभ र सोलार प्लान्टबाट आम्दानी गर्छन् । उनीहरू दुवैको करोडौंको घर र जग्गा पनि रहेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.