सवा एक करोड पर्ने टोयोटाको ‘यारिस क्रस हाइब्रिड’ गाडी, यस्ता छन् सुविधा

  २०८० फागुन १ गते १६:०९     विकासन्युज

काठमाडौं । टोयोटाको हाइब्रिड मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक गाडी नेपाली बजारमा आएको छ । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लिले गत शुक्रबार सार्वजनिक गरी उक्त गाडीकाे बिक्री सुरु गरेकाे हाे ।

युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लिका सेल्स हेड महेन्द्र श्रेष्ठले यारिस क्रस हाइब्रिड गाडी सार्वजनिक भएसँगै बुकिङ पनि खुला भएकाे जानकारी दिए ।

‘यो गाडी अन्य भन्दा फरक छ, नेपाली सडकको लागि सुहाउँदो यो गाडी आफैंमा सुविधा सम्पन्न छ,गाडीलाई निश्चित ब्याट्री ब्याकअपबाट कुदाउन सकिन्छ,’ उनले भने ।

आकर्षक लुक्स र आधुनिक फिचर भएको यो गाडीको लम्बाई ४३१० एमएम, चौडाइ १७७० एमएम र उचाइ १६१५ एमएम रहेको छ । कम्पनीका अनुसार यसमा २६२० एमएम लामो ह्विललेस र १८ इन्च को टायर पाउन सकिन्छ ।

यो गाडीमा अटोमेटिक हाइबिमसहितको हेडलाइट, एलइडी डीआरएल, एलईडी फग लाइट र कनेक्टेड एलईडी टेललाइट दिइएको छ । जुन पहिलो पटक यो मोडलमा मल्टी कलर एम्बियन्ट लाइट दिएको हो । हाइब्रिड पावरट्रेन भएकोले यो गाडीमा इलेक्ट्रिक मोटर र ४.३ एम्पीयर आवरको ब्याट्री प्याक रहेको छ ।

रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई-सीभीटी गियरबक्स रहेको कम्पनीले बताएकाे छ । यारिस क्रस हाइब्रिड गाडीमा डिस्प्लेसमेन्ट १५०० सीसी, चार सिलिण्डर ड्यूल भीभीटी-आई इन्जिन रहेको याे गाडीको ग्राउन्ड क्लिअरेन्स भने २१० मिमी रहेको छ ।

लिथियम-आयोन ब्याट्री रहेको यो गाडीमा प्यानोरेमिक ग्लास रूफ रहेकाे छ । १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, ६ स्पिकर, र प्यानोरेमिक ३६० डिग्री क्यामेराका साथै इलेक्ट्रिक पार्किङ ब्रेक, अटो होल्ड सुविधा पनि गाडीमा रहेको छ ।

यो  मोडलमा ८ वे पावर इलेक्ट्रिक ड्राइभर सिट, वायरलेस मोबाइल चार्जर, एपल कारप्ले, अन्द्रोइड अटो र  किक सेन्सरसहितको पावर टेलगेट पाउन सकिन्छ । कम्पनीले यारिस क्रस हाइब्रिडको मूल्य १ करोड २२ लाख रुपैयाँ ताेकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.