सिजी यूट्युब च्यानलमा ‘मनका कुरा’ प्रस्तुत गर्दै बसन्त चौधरी

  २०८० पुष ५ गते १८:५९     विकासन्युज

काठमाडौं । उद्यमी तथा साहित्यकार बसन्त चौधरीले सिजी यूट्युब च्यानलमा मनका कुरा प्रस्तुत गर्ने भएका छन् । चौधरीले पुस ६ गतेदेखि हरेक शुक्रबार साँझ ८ बजे ’मनका कुरा विथ बसन्त चौधरी’ नामक कार्यक्रम नियमित रुपमा प्रस्तुत गर्ने भएका हुन् ।

सिजी इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रूपमा कार्यक्रमहरू प्रस्तुत गर्ने योजना अनुसार अब आफ्नै यूट्युब च्यानल शुरू गर्न लागेको हो । विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र भिसा गर्ल’ उत्पादन र प्रसारण गरिसकेको सिजी इन्टरटेनमेन्टले बिहीबार पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो ।

वसन्त चौधरीले सञ्चालन गर्ने कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूसँगको अन्तरङ कुराकानी प्रस्तुत हुनेछ । यही २०२४ को जनवरीदेखि सिजी इन्टरटेनमेन्टले आफ्ना कार्यक्रमहरूलाई अझ विस्तारित गर्ने क्रममा श्रव्य-दृश्यका अन्य सामग्रीहरू पनि तयार गर्ने योजनामा रहेको छ । यस्ता कार्यक्रमहरू उत्पादन गर्नका लागि सिजी इन्टरटेनमेन्टले आफ्नो छुट्टै स्टुडियोको स्थापना समेत गरिसकेको छ ।

चलचित्र निर्माण, लघु चलचित्र, स्ट्याण्ड-अप कमेडी, सांगितिक कार्यक्रम तथा म्यूजिक भिडियो आदि जस्ता स्तरीय कार्यक्रमहरूको निर्माण तथा नयाँ प्रतिभाहरूलाई प्रोत्साहित गर्ने नीति अनुरूप सिजी इन्टरटेनमेन्टको यूट्युब च्यानल प्रभावकारी रूपमा नियमित प्रसारण हुने समेत जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.