प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि आगन्तुक रिसोर्टमा छुट अफर

<p>काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि एक विशेष छुटको अफर ल्याएको छ । प्रभु क्यापिटल र आगन्तुक रिसोर्टका बीचमा छुट अफरका लागि सम्झौता भएको छ। आइतबार भएको उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ डाइरेक्टर सुरज विष्टले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकले [&hellip;]</p>

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि एक विशेष छुटको अफर ल्याएको छ । प्रभु क्यापिटल र आगन्तुक रिसोर्टका बीचमा छुट अफरका लागि सम्झौता भएको छ।

आइतबार भएको उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ डाइरेक्टर सुरज विष्टले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकले आगन्तुक रिसोर्टबाट सेवा लिँदा सबै सेवाहरूमा १५ प्रतिशत छुट अफर पाउनेछन् । हितग्राही ग्राहकहरूले सम्झौता अवधिदेखि आगामी १ वर्ष अर्थात् २३ मंसिर ०८१ सम्मका लागि रिसोर्टमा यो छुट अफर पाउनेछन् ।

अफरबाट लाभ लिन रिसोर्टमा प्रभु क्यापिटलमा आफ्नो डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो आइडी कार्ड देखाउनुपर्नेछ।

धुलिखेल आउनुअघि बनेपा नगरपालिका, भ्युटावर मार्ग, काभ्रेमा रहेको आगन्तुक रिसोर्ट काठमाडौंबाट झन्डै ३२ किलोमिटरमा ७२ रोपनीमा फैलिएको छ । चार वर्षअघि मात्र स्थापना भएको यो रिसोट बुटिक स्टाइल चार स्टार डिलक्स रिसोर्टका रूपमा उत्कृष्ट सेवा प्रदान गर्ने एक प्रमुख रिसोर्ट बनेको छ ।

हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय सेवा दिइरहेको भ्यालीनजिकैको बस्न खान, सेमिनार, मिटिङ, फिटनेस सेन्टर, स्विमिङ पुलसहितको सुविधासम्पन्न यो रिसोर्ट कार्यक्रम तथा मनोरञ्जन गर्ने एक रमाइलो गन्तव्य स्थल बनेको छ।

Share News