एक घण्टा खुलेको बजारमा ३० कम्पनीमा लाग्यो सर्किट

  २०८० मंसिर २४ गते १२:४०     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजार करिब सवा एक घण्टा मात्रै खुल्यो । बजार अस्वभाविक रुपमा बढेसँगै बिहान ११ बजे खुलेको बजार मध्यान्न १२ बजेर ९ मिनेटमा बन्द भयो ।

नियमित कारोबार खुलेलगत्तै सर्किट लागेको बजारमा करिब सवा एक घण्टामा तीन पटकसम्म सर्किट लाग्यो । र, सो दिनको लागि कारोबार स्थगित हुन पुग्यो ।

सेयर मूल्य मापक नेप्से परिसूचक पहिलो पटक ४ प्रतिशतले बढ्यो, दोश्रो पटक ५ प्रतिशतले बढ्यो र तेश्रो पटक पुनः ६ प्रतिशतले बढेपछि नेप्सेको व्यवस्था अनुसार कारोबार रोकिएको हो ।

सर्किट लागेको बजारमा ३० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, शुभम् पावर र कालिञ्चोक दर्शनको १० प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, इग्वा हाइड्रोपावरको ९.९९ प्रतिशतले र त्रिशुली जलविद्युत् कम्पनी, यूनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर कम्पनी, नेपाल एसबिआई बैंकको ९.९७ प्रतिशतले बढेको छ ।

चन्द्रागिरी हिल्सको ९.९६ प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ९.९६ प्रतिशत, हिमालय उर्जा विकास कम्पनीको ९.९१ प्रतिशत, समता घरेलु लघुवित्तको ९.८७ प्रतिशतले, न्यादी ग्रुप पावर र सीवाईसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ ।

त्यसैगरी, हिमालयन पावर पार्टनर र आशा लघुवित्त वित्तीय संस्थाको ९.८४ प्रतिशतले, राधी विद्युत कम्पनीको ९.८२, चिलिमे हाइड्रोपावर कम्पनीको ९.८१ प्रतिशत, पाँचथर पावर कम्पनीको ९.७६ प्रतिशत, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको ९.७६, मौलुङ्ग हाइड्रोपावर कम्पनीको ९.७५ प्रतिशत, अप्पर तामाकोशी हाइड्रोपावरको ९.७४ प्रतिशत, हिमालयन हाइड्रोपावरको ९.६९ प्रतिशत, दोर्दी खोला जलविद्युत् कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ९.६३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, ९.५ प्रतिशत बढीले सेयर मूल्य बढ्नेमा स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको ९.५९ प्रतिशत, रिडी पावर कम्पनीको ९.५४ प्रतिशत र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको सेयर मूल्य ९.५३ प्रतिशतले बढेको छ ।

आइतबार कुल २४४ वटा स्क्रीप्स कारोबारमा आएकोमध्ये २३० वटा कम्पनी थिए । जसमध्ये अधिकांश अर्थात २२७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, २ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी एक कम्पनीको सेयर मूल्य स्थिर छ ।

सेयर मूल्य घटेको कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्था रहेका छन् । जसमध्ये उपकारको ०.४२ प्रतिशत र कालिका लघुवित्तको ०.०५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

कुन कम्पनीको कति ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.