भिभो वाई २७ एस सार्वजनिक, प्रयोगकर्ताहरुलाई एम्बेसेडर बन्ने अवसर

  २०८० मंसिर २४ गते १२:१५     विकासन्युज

काठमाडौं । भिभोले वाई सिरिज अन्तर्गत नवीन विशेषता र शानदार स्टाइल भएको वाई२७एस नेपालमा सार्वजनिक गरेको छ ।

यसमा आकर्षक डिजाइन, शानदार पर्फमेन्श र उत्कृष्ट क्यामेरा क्षमताहरू रहेको भिभोले जनाएको छ । जसले समग्र स्मार्टफोन अनुभवलाई पुन: परिभाषित गर्दछ । अल्ट्रा–स्लिम डिजाइनमा आउँने वाई २७ एस दुई निकै आकर्षक रंग बरगन्डी ब्ल्याक र गार्डेन ग्रीनमा उपलब्ध हुनेछ ।

यस स्मार्टफोनको लञ्च संगै भिभोले नयाँ स्मार्टफोनको अनुभव लिने मौका बाहेक भिभो कुल एम्बेसेडर अफर अन्तर्गत तीन जना भाग्यशाली विजेताहरुलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गर्नेछ ।

वाई२७ एस मा ९० हर्ज रिफ्रेस रेट रहेको छ जसले सहज ट्रान्जिशन डिस्प्लेको अनुभव प्रदान गर्दछ । साथै विस्तारित र प्रभावकारी उपयोगका लागि यसमा विशाल ५००० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज रहेको छ ।

यसबाहेक, ८ जीवी + ८ जीवी एक्सटेन्डेड र्यामले सहज र निर्बाध अनुभव प्रदान गर्दछ । फाइल र डकोमेन्टरू राख्न पर्याप्त ठाँउ उपलब्ध गराउन यसमा २५६ जीवी रोम पनि रहेको छ भने स्मुद र प्रभावकारी कार्यसम्पादनका सुनिश्चित गर्नका लागि क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ ।

त्यस्तै भिभो कुल एम्बेसेडर अभियानले प्रयोगकर्ताहरुलाई भिडियो बनाएर आफ्नो सामाजिक सञ्जालमा अपलोड गरी भभो वाई सिरिजको कूल एम्बेसेडर बन्न सक्नेछन् । सहभागीहरु मध्ये सबैभन्दा बढि मनपराईएको भिडियोबाट पहिलो विजेताले भिभो वाई२७ एस स्मार्टफोन जित्न सक्नेछन् र फोटोसुट गर्ने अवसर पनि प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो विजेताले फोटोसुट गर्ने अवसर सहित १० हजार नगद पुरस्कार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार तथा फोटोसुट गर्ने अवसर प्राप्त गर्नेछन् ।

यस बाहेक, वाई२७एस खरिद गर्ने पहिलो ५००० ग्राहकहरुले नि:शुल्क इयरबडहरू प्राप्त गर्नेछन् । यो अभियान ११ डिसेम्बर २०२३ देखि शुरु भएर २७ डिसेम्बर २०२३ सम्म उपलब्ध रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.