डबल सर्किट लाग्दा पनि यी ४ लघुवित्तको सेयर मूल्य घट्यो

  २०८० मंसिर २४ गते १२:१०     विकासन्युज

काठमाडौं । सेयर बजारमा डबल सर्किट लागेर ४० मिनेट बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारमा आएका २२३ कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य बढेको छ ।

जसमध्ये विभिन्न ५ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । नेप्सेका अनुसार ११ बजारे २७ मिनेटसम्म हिमालयन हाइडोपावर, त्रिशुली जलविद्युत कम्पनी, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, सीवाईसी नेपाल लघुवित्त र पाँचथर पावकर कम्पनीको सेयर मूल्य ९.७६ प्रतिशतभन्दा बढी बढेको हो ।

तर, नेप्सेमा २११ कम्पनीको सेयर मूल्य बढेर हरियाली छाउँदा विभिन्न ४ कम्पनीको सेयर मूल्य भने घटेको छ । ग्लोबल आइएमई लघुवित्तको २ प्रतिशत, उपकार लघुवित्तको ०.४२ प्रतिशत, आशा लघुवित्तको ०.२८ प्रतिशत र कालिका लघुवित्तको ०.००५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

दोस्रो सर्किटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ प्रतिशत अर्थात् ९२.७३ अंकले बढेर १९४५.५१ अंकमा पुगेको हो । यस्तै, २२३ कम्पनीको सेयर खरिद बिक्री हुँदा २९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.