सेयर बजारमा डबल सर्किट, फेरी ४० मिनेटको लागि बन्द

  २०८० मंसिर २४ गते ११:४०     विकासन्युज

काठमाडौं । सेयर बजारमा डबल सर्किट लागेको छ । आइतबार सेयर बजार खुलेको ५ मिनेटमा नै सर्किट लागेर २० मिनेट बन्द भएर खुलेको थियो । पुनः खुलेको केही मिनेटमा फेरी दोस्रो सर्किटमा ५ प्रतिशत बढेपछि फेरी ४० मिनेट बन्द भएको हो ।

दोस्रो सर्किटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ प्रतिशत अर्थात् ९२.७३ अंकले बढेर १९४५.५१ अंकमा पुगेको हो । यस्तै, २२३ कम्पनीको सेयर खरिद बिक्री हुँदा २९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

पहिलो सर्किटमा बजार नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७४.२० अंक बढेर १९२६ अंकमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.