सेयर बजारमा मौद्रिक नीतिको प्रभाव, ४ प्रतिशत बढेपछि २० मिनेट बन्द

  २०८० मंसिर २४ गते ११:२८     विकासन्युज

काठमाडौं । आइतबार सेयर बजार खुलेको ५ मिनेटमा नै उछाल आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासिक समीक्षामा सेयर बजारमैत्री व्यवस्था गरेपछि सेयर बजार ह्वात्तै बढेको हो ।

बजार खुलेको केही मिनेटमा नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ प्रतिशत बढेर २० मिनेटका लागि बन्द भएको छ । नेप्सेका अनुसार नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७४.२० अंक बढेर १९२६ अंकमा पुगेको हो । साथै, सेयर बजारमा ५ मिनेटमा नै ४ प्रतिशत बढेपछि २० मिनेटका लागि बन्द भएको हो ।

नेप्सेका अनुसार १९२ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, यसअवधिमा २०१ कम्पनीको ४ लाख ७७ हजार २३१ कित्ता सेयर खरिद बिक्री हुँदा १६ करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.