आइसिएफसि फाइनान्सले घोषणा गर्याे लाभांश, यस्तो छ इतिहास

  २०८० मंसिर २४ गते ११:२०     विकासन्युज

काठमाडौं । आइसिएफसि फाइनान्सले हालसम्म कै न्यून लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले गत वर्षको नाफाबाट ६.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फाइनान्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको ६.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

फाइनान्सले यसअघि आर्थिक वर्ष २०७८/७९मा सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कूल १४ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १०.५ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.