राष्ट्र बैंकले कडाई गरेपनि साना किसान लघुवित्तले घोषणा गर्याे २० प्रतिशत लाभांश

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकको कडाईका बावजुत पनि साना किसान विकास लघुवित्त वित्तीय संस्थाले उच्च लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश वितरणमा कडाई गरेको छ । वार्षिक १५ [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकको कडाईका बावजुत पनि साना किसान विकास लघुवित्त वित्तीय संस्थाले उच्च लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश वितरणमा कडाई गरेको छ । वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने प्रावधान राष्ट्र बैंकले गरेको छ ।

यस्तै, १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशत रकम ग्राहक संरक्षण कोष र १० प्रतिशतले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नु पर्ने व्यवस्था छ । लाभांशमा कडाई गरेको भएपनि साना किसान लघुवित्तले भने २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

Share News