त्रिभुवन विमानस्थलबाट फेरि समातियो साढे ६ किलो सुन

<p>काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद गरेको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुनसहित विदेशी नागरिक पक्राउ गरेको हो । विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दका अनुसार फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्ट र सुडानका नागरिक सुनसहित पक्राउ परेका हुन् । बरामद सुन अर्धठोस अवस्थामा रहेको र उनीहरूले [&hellip;]</p>

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद गरेको छ ।

भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुनसहित विदेशी नागरिक पक्राउ गरेको हो ।

विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दका अनुसार फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्ट र सुडानका नागरिक सुनसहित पक्राउ परेका हुन् ।

बरामद सुन अर्धठोस अवस्थामा रहेको र उनीहरूले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएको प्रहरीले जनाएको छ ।

गएराति चेकजाँचको क्रममा उनीहरूलाई राति १२ः४५ बजे पक्राउ गरिएकाे थियाे ।

Share News