आज यी २ कम्पनीको सेयर खरिद गर्यो भने लाभांश पाइने, कुनको कति ?

<p>काठमाडौं । आइतबार विभिन्न २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । नेपाल हाइड्रो डेभलोपर्स र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंसिर २४ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ नेपाल हाइड्रो डेभलोपर्सले मंसिर २५ गते एकदिन र एनआईसी लघुवित्तले मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म सेयरधनी [&hellip;]</p>

काठमाडौं । आइतबार विभिन्न २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । नेपाल हाइड्रो डेभलोपर्स र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंसिर २४ गते अन्तिम दिन हो ।

साधारणसभा तथा लाभांश प्रयोजनार्थ नेपाल हाइड्रो डेभलोपर्सले मंसिर २५ गते एकदिन र एनआईसी लघुवित्तले मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् ।

नेपाल हाइड्रो डेभलोपर्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले १७औं वार्षिक साधारणसभा पुस १२ गते काठमाडौंमा बिहान ११ बजे डाकेको हो ।

यस्तै, एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले छैठौं वार्षिक साधारणसभा पुस ६ गते सुनसरीमा बिहान ९ बजे बोलाएको हो ।

Share News