रिलायबल नेपाल लाइफले सार्वजनिक गर्यो नयाँ बोनस दर, अधिकतम ७५ रुपैयाँसम्म दिने

  २०८० मंसिर २४ गते ७:५२     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८०को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट मंसिर २२ गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

रिलायबल सावधिक जीवन बीमालेखमा कम्पनीले ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६२ रुपैयाँ बोनसदर तोकेको छ । २० वर्ष वा सो भन्दा माथिको लागि सावधिक जीवन बीमालेख गर्नेलाई प्रतिहजार ७० रुपैयाँ बोनस दिने भएको हो ।

कम्पनीका अनुसार ५ वर्षदेखि ९ वर्ष अवधिसम्मका ४२ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ७६ वटा र १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका २८९ वटा र २० वर्ष माथि अवधिका १९२ वटा बीमालेख बिक्री गरेको छ ।

लघु सावधिक जीवन बीमालेख योजनाको सबै बीमा अवधिमा प्रतिहजार ३० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । साथै, कम्पनीले यस योजनाका ३ हजार ३४६ वटा बीमालेख बिक्री गरेको छ ।

यस्तै, रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) योजनाको सबै बीमा अवधिमा प्रतिहजार २५ रुपैयाँ बोनस दर तोकेको छ । कम्पनीले यो योजनाअन्तर्गत १ हजार ४९६ बीमालेख बिक्री गरेको छ ।

यस्तै, रिलायबल सुलभ जीवन बीमालेख तथा सुलभ बाल जीवन बीमालेख प्लस योजनामा कम्पनीले ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २४ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार २८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३२ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथिको प्रतिहजार ४० रुपैयाँ बोनस दिने भएको हो ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ५ वर्षदेखि ९ वर्ष अवधिका १८३ वटा, १० वर्षदेखि १४ वर्ष अवधिका १ हजार ८६५ वटा र १५ वर्षदेखि १९ वर्ष अवधिका ३४ हजार ६१० वटा र २० वर्ष माथि अवधिका १६ हजार ३६५ वटा बीमालेख बिक्री गरेको छ ।

यस्तै, रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख)मा कम्पनीले ५ वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६२ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रतिहजार ६५ रुपैयाँ बोनस प्रदान गर्ने भएको हो ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ५ वर्षदेखि १४ वर्ष अवधिका १०८ वटा र १५ वर्षदेखि १९ वर्ष अवधिका ४८६ वटा र २० वर्ष माथि अवधिका १०७ वटा बीमालेख बिक्री गरेको छ ।

यस्तै, सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथिको प्रतिहजार ५० रुपैयाँ बोनस दिने भएको हो ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ५ वर्षदेखि ९ वर्ष अवधिसम्मका ६६ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका २६१ र १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ३ हजार ७१३ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका १ हजार ४१२ वटा र २५ वर्ष माथि अवधिका ६७ वटा बीमालेख बिक्री गरेको छ ।

यस्तै, रिलायबल समुन्नती जीवन बीमा योजनाको सबै बीमा अवधिमा प्रतिहजार २० रुपैयाँ बोनस वितरण गर्नेछ । साथै, कम्पनीले यस योजनाका १३ हजार ९०९ वटा बीमालेख जारी गरेको छ ।

रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा कम्पनीले १०, १२ र १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ र १६, १८ र २० वर्ष अवधिसम्मको लागि प्रतिहजार ५५ रुपैयाँ बोनस दर निर्धारण गररेको छ । यसयोजना अन्तर्गत कम्पनीले १०, १२ र १५ वर्ष अवधिसम्मका ७ वटा, र १६, १८ र २० वर्ष अवधिसम्मका ५७ वटा बीमालेख बिक्री गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.