चार महिनामा साढे ४ हजारले घुमे रारा

  २०८० मंसिर २३ गते १३:५३     विकासन्युज

मुगु । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता ४ हजार बढी पर्यटकले भ्रमण गरेका छन् ।

गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक ४ हजार चा४ सय ९०, सार्क मुलुकका २६ अन्य विदेशी ९५ जनासहित ४ हजार ६ सय ११ पर्यटकले रारा भ्रमण गरेका रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

यस वर्ष रारामा पर्यटक आगमन आशालाग्दो हिसाबले बढिरहेको कार्यालयका सूचना अधिकारी जयहरि धितालले बताए । दसैँ–तिहार बिदाको मौका पारेर रारामा आन्तरिक पर्यटक बढी आएका उनको भनाइ थियो ।

पर्यटकको आगमन बढेसँगै चार महिनामा १२ लाख रुपैयाँ राजस्व संकलन भएको धितालले जानकारी दिए । गत वर्ष रारा भ्रमणमा आन्तरिक पर्यटक ११ हजार, सार्क मुलुकबाट २६ र अन्य विदेशी १ सय ८३ जना आएका निकुञ्जले जानकारी दिएको छ ।

रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति १ सय, सार्क मुलुककासँग प्रतिव्यक्ति १ हजार ५ सय र अन्य विदेशीसँग ३ हजार रुपैयाँका दरले प्रवेश शुल्क उठाउने गरेको धिमालले जानकारी दिए ।

हवाईमार्गबाट ७५ र सडकमार्गबाट २५ प्रतिशत पर्यटक रारा भ्रमण गर्न आउने गरेका छन् । सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुनसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.