ग्लोबल आइएमई बैंकमा सरकारको पनि लगानी, यी हुन् १९ ठूला सेयरधनी

  २०८० मंसिर २१ गते १८:४३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकमा नेपाल सरकारको पनि लगानी देखिएको छ । बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार बैंकमा सरकारको ०.०८ प्रतिशत अर्थात् २ करोड ८१ लाख ७७ हजार रुपैयाँ लगानी देखिएको हो ।

ग्लोबल आइएमई बैंकमा १९ जना सेयरधनीहरूको सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा १९ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको छ । कर्मचारी सञ्चय कोषको ४.७४ प्रतिशत अर्थात् १ करोड ६९ लाख ७१ हजार ५३५ कित्ता सेयर स्वामित्व छ । यस्तै, आइ.एम.ई होल्डिङ्गस प्रा.लि.को २.७८ प्रतिशत अर्थात् ९९ लाख ३८ हजार ८३८ कित्ता र आइ.एम.ई इन्भेष्टमेन्ट प्रा.लि.को २.५१ प्रतिशत अर्थात् ८९ लाख ६६ हजार ४११ कित्ता सेयर स्वामित्व रहेको बैंकले जनाएको छ ।

यस्तै, विष्णु प्रसाद न्यौपानेको १.४१ प्रतिशत अर्थात् ५० लाख ३३ हजार ५७० कित्ता, सुमित कुमार अग्रवालको १.४० प्रतिशत अर्थात् ५० लाख ३ हजार ७८५ कित्ता, मङ्गल कलश इन्भेष्टमेन्ट प्रा.लि.को १.२४ प्रतिशत अर्थात् ४४ लाख ३० हजार ५४ कित्ता र कन्टिनेण्टल इन्भेष्टमेन्ट प्रा.लि.को १.१५ प्रतिशत अर्थात् ४१ लाख २२ हजार ३११ कित्ता सेयर स्वामित्व छ ।

यस्तै, उत्तम कुमार नेपालको ०.९५ प्रतिशत अर्थात् ३३ लाख ९१ हजार ८५१ कित्ता, नागरिक लगानी कोषको ०.९२ प्रतिशत अर्थात् ३२ लाख ८५ हजार ७८८ कित्ता, रणबहादुर शाहको ०.७८ प्रतिशत अर्थात् २८ लाख ४ हजार १४५ कित्ता, निमिषा इन्भेष्टमेन्ट प्रा.लि. ०.७४ प्रतिशत अर्थात् २६ लाख ५५ हजार ७६४ कित्ता, होमल्यान्ड डेभलपर्सको ०.७३ प्रतिशत अर्थात् २६ लाख १ हजार ८२१ कित्ता सेयर स्वामित्व छ ।

यस्तै, हेमराज ढकालको ०.६७ प्रतिशत अर्थात् २४ लाख २ हजार ३२४ कित्ता, क्याबिनेट श्रेष्ठको ०.६४ प्रतिशत अर्थात् २२ लाख ७२ हजार ८४१ कित्ता, डम्बर बहादुर मल्लको ०.६३ प्रतिशत अर्थात् २२ लाख ४७ हजार १९७ कित्ता, कामधेनु इन्भेष्टमेन्टको ०.६२ प्रतिशत अर्थात् २२ लाख १९ हजार ७६१ कित्ता, रिता मल्लको ०.५६ प्रतिशत अर्थात् १९ लाख ९७ हजार ८३७ कित्ता, शारदा देवीको ०.५३ प्रतिशत अर्थात् १८ लाख ७८ हजार ८९२ कित्ता र सन्दीप अग्रवालको ०.५२ प्रतिशत अर्थात् १८ लाख ५३ हजार २३६ कित्ता सेयर स्वामित्व रहेको बैंकले जनाएको छ ।

गत असारसम्म बैंकमा सर्वसाधारणको ४८.७६ प्रतिशत, अन्य संस्थाहरूको १४.७८ प्रतिशत, अन्यको ३६.३० प्रतिशत र नेपाल सरकारको ०.०८ प्रतिशत बराबरको स्वामित्व छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.