सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

  २०८० मंसिर २१ गते १८:३२     विकासन्युज

काठमाडौं । सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । साईबर ब्यूरोको टोलीले उक्त कार्यमा संलग्न चितवनको रत्ननगर नगरपालिका-१० स्थायी वतन भई हाल काठमाडौं जिल्ला बस्ने ४२ वर्षिय चतुर्मान महतोलाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल मार्फत चिनजान भई भेटघाटको क्रममा लिईएका तस्विर तथा श्रव्य-दृश्य सम्पादन गरी मेसेजिङ एप मार्फत पठाई चरित्रहत्या गर्नुका साथै वैवाहिक जीवनमा समेत असर पार्ने गरी दुःख हैरानी दिएको भन्दै उनलाई प्रकाउ गरिएको ब्यूरोले जानकारी गराएको छ ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा साईबर ब्यूरोबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.