अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घट्यो

  २०८० मंसिर २१ गते ११:०६     विकासन्युज

काठमाडौं । अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घटेको छ ।

अष्ट्रेलियाको आर्थिक वृद्धि सन् २०२३ को तेस्रो त्रैमासिकमा शुन्य दशमलव २ प्रतिशतमा झरेको हो । बुधवार अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सकाअनुसार तेस्रो त्रैमासिकमा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.२ प्रतिशतले बढेको छ ।

सेप्टेम्बरको अन्त्यसम्मको १२ महिनामा अस्ट्रेलियाको जीडीपी २.१ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । अस्ट्रेलियाको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ अष्ट्रेलियाले मंगलवार २०२३ को अन्तिम बैठकमा ब्याजदर ४.३५ प्रतिशतमा राख्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.