बैंकका कर्मचारीमाथि भएको धरपकडप्रति तीन संस्थाको आपत्ति

  २०८० मंसिर २० गते १८:३८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरुमाथि भएको धरपकडप्रति तीन संस्थाले आपत्ति जनाएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्श एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुमाथि भएको धरपकडप्रति आपत्ति जनाएका हुन् ।

साथै, झापाको विर्तामोडस्थित एक वाणिज्य बैंकको शाखामा कार्यरत एक कर्मचारी माथि भएको धरपकड प्रति घोर आपत्ति जनाउँदै यी तीन संस्थाले घट्नामा संलग्न दोषीहरुलाई कारवाहीको माग गरेका छन् ।

साथै, यी संस्थाले पछिल्लो समय केही व्यक्ति/समूहहरुले बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र आक्रमणको घोर निन्दा गरेका छन् ।

‘ग्राहकहरुलाई सेवा-सुविधा प्रदान गर्न भूकम्प, कोभिड, लगायत विषम परिस्थितीमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरु माथि यस प्रकारको दुर्व्यवहार अत्यन्त निन्दनीय छ । वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायहरुसँग माग गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

साथै, बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको भन्दै यी तीन संस्थाले यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भईरहेका अराजक घट्नालाई समयमैै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.