रिलायन्स फाइनान्स १५औँ वर्षमा प्रवेश

  २०८० मंसिर २० गते १७:३६     विकासन्युज

काठमाडौं। रिलायन्स फाइनान्स स्थापनाको १५औँ वर्षमा प्रवेश गरेको छ । संस्था मङ्सिर १८ गते गते १४औँ पुरा गरी १५औँ वर्षमा प्रवेश गरेको हो ।

काठमाडौंको कमलादीमा रहेको संस्थाले केन्द्रीय कार्यालय र थप २१ शाखा कार्यालयमार्फत वित्तीय कारोबार गर्दै आएको छ ।

संस्थाको वार्षिकोत्सवको अवसरमा संस्थाले विपन्न वर्गका लागि शिक्षा, स्वास्थ्य तथा सोक्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरूलाई सहयोग गर्ने गरेको छ । वार्षिकोत्सव अवसरमा मानव सेवा आश्रम, रानीवन काठमाडौँमा रहेका आश्रित बृद्धाहरुलाई आवश्यक पर्ने वासीङ्ग मेसिन संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीले उक्त संस्थालाई हस्तान्तरण गरेका हुन् ।

वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलादी तथा बनेपा शाखामा रक्तदान कार्यक्रम, सीतापाइला शाखामा आँखा, कान तथा घाँटीको जाँच शिविर सञ्चालन गरी नि:शुल्क औषधि तथा चस्मा वितरण गरेको बताइएको छ । संस्थाका अन्य शाखाले विभिन्न संस्थालाई न्यानो कपडा, स्टेशनरी, डस्टबिन, युरोगार्ड, कुर्सी लगायत सामग्री वितरण गरेको बताइएको छ ।

संस्थाले आफ्नो २२ वटा शाखा मार्फत निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरूलाई मोबाइल बैङ्किङ मार्फत विभिन्न भुक्तानी सेवा, क्युआर टेलर सेवा, एससिटि नेटवर्क एटिएम, विभिन्न रेमिटेन्स सेवाहरुबाट अत्याधुनिक प्रविधिका सेवा प्रदान गर्दे आएको छ ।

संस्थाले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नाफामा ऋणात्मक रहेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ५ करोड ३९ लाख ४३ हजार रुपैयाँ नाफा गरेको छ । अधिकांश फाइनान्सको खराब कर्जा ७ प्रतिशत माथि रहँदा कम्पनीको खराब कर्जा धने ४.९६ मात्र रहेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड १४लाख ५२ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.