डिशहोमको विजेता थापाले पाए एक लाख पुरस्कार

  २०८० मंसिर २० गते १७:१८     विकासन्युज

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत बैतडीका प्रताप सिंह थापाले जितेका पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।

बैतडीमा एक कार्यक्रमको आयोजना गरि थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश मिडिया नेटवर्कको तर्फबाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । कार्यक्रममा नगर प्रमुखका साथै दशरथचन्द नगरपालिका वडा नं. २ का अध्यक्ष सुर्य बहादुर थापा, सदस्य रज वहादुर बाेहरा, वडा नं. ३ का अध्यक्ष अजब बहादुर पाण्डे, वडा नं. १ का अध्यक्ष बिष्णुदत्त भट्ट, योजना आयोग उपाध्यक्ष निर्मल पाण्डेय र स्थानिय प्रहरी चौकी प्रमुख चेतु खड्का लगाएतका विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तिहरुको उपस्थितीमा स–सम्मान पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो । उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुलाई हरेक हप्ता नगद एक लाख जित्न सफल भएका विजेतालाई कम्पनीले बधाई दिएको छ । निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने र ग्राहकहरुले लाभ उठाउने विश्वास कम्पनीले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.