मर्जरमा गएकालाई टक्कर दिँदै शिखर र नेको इन्स्योरेन्स, ६ कम्पनीले उठाए अर्ब बढी प्रिमियम

  २०८० मंसिर २० गते १७:०८     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले पौने १३ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । कम्पनीहरुले कार्त्तिकसम्ममा १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् ।

सञ्चालनमा रहेका १४ कम्पनीमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले सर्वाधिक प्रिमियम उठाएको छ । चार महिनामा कम्पनीले जसले ९६ हजार २३३ वटा बीमालेख बिक्री गरी एक अर्ब ६० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

एक अर्ब बढीको प्रिमियम संकलन गर्नेको सूचीमा सलिकोसहित ६ वटा बीमा कम्पनी रहेका छन् । जसमा अधिकांश मर्जरमा गएका कम्पनीहरु छन् । प्राधिकरणको अनुसार सलिको, सिद्धार्थ प्रिमियर, शिखर, हिमालयन एभरेष्ट, आइजीआई प्रुडेन्सियल र नेको इन्स्योरेन्सले एक अर्ब बढी प्रिमियम संकलन गरेका छन् ।

अग्रस्थानमा रहेको सलिकोलाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पछ्याएको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा एक लाख एक हजार ७२ वटा बीमालेख जारी गरी एक अर्ब ३३ करोड ३८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्स प्रिमियमको आधामा तेश्रो स्थानमा रहेको छ । इन्स्योरेन्सले एक अर्ब २७ करोड ३५ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कम्पनीले ४ महिनामा ९५ हजार ८६० वटा पोलिसीहरु बिक्री गरेको छ ।

आइजीआई प्रुडेन्सियलले एक अर्ब ९ करोड र नेकोले एक अर्ब ५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यी कम्पनीले ४ महिनामा क्रमशः ७६ हजार ८३० र ९९ हजार ६५० वटा बीमा पोलिसी बिक्री गरेका छन् ।

यता युनाइटेड अजोडले ८६ करोड ८३ लाख, एनएलजीले ८३ करोड ६२ लाख, सानिमा जिआईसीले ७१ क रोड ६७ लाख, प्रभुले ७० करोड ६१ लाख, दि ओरियन्टलले ५८ करोड ९९ लाख, राष्ट्रिय बीमा कम्पनीले ५८ करोड ५५ लाख, नेपाल इन्स्योरेन्सले ४९ करोड ६१ लाख र नेशनल इन्स्योरेन्सले ४३ करोड १७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीमध्ये नेशनल इन्स्योरेन्सले सबैभन्दा कम प्रिमियम संकलन गरेको हो । जारी बीमालेख संख्याको आधारमा पनि नेशनल इन्स्योरेन्सले सबैभन्दा कम पोलिसी जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.