सरकार र सिम्याटबीच साझेदारी पत्रमा हस्ताक्षर

  २०८० मंसिर २० गते १६:५६     विकासन्युज

काठमाडौं । नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिम्याट) बीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ।

बुधबार सिंहदरबारमा नेपालमा कृषि क्षेत्रको उत्पादन वृद्धि र व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्नेबारे एक दशक लामो समझदारी पत्रमा हस्ताक्षर भएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा र सिम्याटका तर्फबाट ब्राम गोभाट्सले मन्त्रालयमा हस्ताक्षर गरे ।

यसले कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने बताइएको छ। समझदारीले कृषि क्षेत्रको अनुसन्धान, ज्ञान आदानप्रदान र नवीन प्रविधिको प्रयोगमार्फत नेपालका कृषकहरूले सामना गरिरहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने साझेदारी पत्रमा उल्लेख छ ।

यो समझदारीले लामो समयदेखिको यी निकायहरुको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विश्वास लिइएको छ । समझदारीले नेपालको कृषि विकास रणनीति (सन् २०१५–२०३५) मा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.