दुई निर्जीवन लघुबीमा कम्पनीले उठाए एक करोड बढी प्रिमियम, कुनले कति ?

  २०८० मंसिर २० गते १५:५५     विकासन्युज

काठमाडौं । सञ्चालनमा रहेका दुई निर्जीवन लघुबीमा कम्पनीले एक करोड ६७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार दुई कम्पनीले कात्तिक महिनासम्ममा ५ हजार ६५० वटा बीमालेख बिक्री गरी एक करोड बढी बीमाशुल्क संकलन गरेका हुन् ।

जसमध्ये नेपाल माईक्रो इन्स्योरेन्सले ६१ लाख ३१ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । कात्तिकसम्ममा कम्पनीले ३ हजार ४०५ वटा बीमालेख जारी गरेको छ ।

त्यस्तै, प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले २ हजार २४५ वटा पोलिसी बिक्री गरी एक करोड ६ लाख ५७ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, कार्त्तिक महिनामा मात्रै नेपाल माइक्रोले ३० लाख ८५ हजार र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले ४५ लाख १३ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । उक्त एक महिनामा दुई कम्पनीले २ हजार ६७८ वटा बीमालेख बिक्री गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.