१० % लाभांश पारित गर्न मितेरी बैंकले डाक्यो १८औँ साधारणसभा, बुक क्लोज कहिले ?

<p>काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले १८औँ वार्षिक साधारणसभा पुस १४ गते सुनसरीमा बिहान ११ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि [&hellip;]</p>

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले १८औँ वार्षिक साधारणसभा पुस १४ गते सुनसरीमा बिहान ११ बजे बोलाएको हो ।

बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

यस्तै, बैंकको अधिकृत पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतर रहेको १ लाखभन्दा बढीको खर्च सभाले अनुमोदन गर्नेछ ।

लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २८ गतेदेखि पुस १४ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन्

Share News