१०.५२ प्रतिशत लाभांश पारित गर्न नेपाल इन्स्योरेन्स डाक्यो साधारणसभा

<p>काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले ७५औं वार्षिक साधारणसभा पुस १३ गते प्रज्ञाभवन कमलादी काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ [&hellip;]</p>

काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले ७५औं वार्षिक साधारणसभा पुस १३ गते प्रज्ञाभवन कमलादी काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सजल मास्केको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ । बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ पुग्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्नेछ ।

कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २८ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

Share News