ट्राभल सेवा उत्कृष्ट बनाउन रमेश कर्पले बोनजोय ट्राभलसँग गर्यो साझेदारी

<p>काठमाडौं । नेपालको व्यापारिक घर रमेश कर्पले ट्राभल एजेन्सी बोन्जोय ट्राभलसँग समझदारी (एमओयू) गरेको छ । संस्थाले आफ्नो ट्राभल सेवा उत्कृष्ट बनाउन उक्त ट्राभलसँग समझदारी गरी समझदारी पत्रमा हस्ताक्षर गरेको हो । यस सहकार्यले रमेश कर्पको आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभल प्रा.लि. संगको रणनीतिक साझेदारीको सुरुवातलाई जनाँउने छ । साथै, यस एमओयूको मुख्य उद्देश्य रमेश [&hellip;]</p>

काठमाडौं । नेपालको व्यापारिक घर रमेश कर्पले ट्राभल एजेन्सी बोन्जोय ट्राभलसँग समझदारी (एमओयू) गरेको छ । संस्थाले आफ्नो ट्राभल सेवा उत्कृष्ट बनाउन उक्त ट्राभलसँग समझदारी गरी समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

यस सहकार्यले रमेश कर्पको आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभल प्रा.लि. संगको रणनीतिक साझेदारीको सुरुवातलाई जनाँउने छ । साथै, यस एमओयूको मुख्य उद्देश्य रमेश कर्पका हितग्राहीहरुको यात्रा अनुभवलाई सतर्कतापूर्वक सुधार गर्ने र अझ बडी उन्नत बनाउनु रहेको संस्थाले बताएको छ ।

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले यस सहकार्यले कर्मचारी र ग्राहकको यात्राको अनुभवलाई सरल र उत्साहजनक बनाउने बताएका छन् ।

Share News