जापानी कम्पनीले भारतमा आइफोनको ब्याट्री बनाउने, १ हजारले रोजगारी पाउने दाबी

  २०८० मंसिर १९ गते १८:१७     विकासन्युज

एजेन्सी । भारतका केन्द्रीय आईटी राज्यमन्त्री राजीव चन्द्रशेखरले जापानी इलेक्ट्रोनिक पार्ट्स निर्माता टीडीके कर्पोरेसनले भारतमा एप्पलको आइफोनका लागि लिथियम आयन ब्याट्री सेल बनाउने जानकारी दिएका छन् ।

एप्पलले केही वर्षहरूमा भारतमा आफ्ना उत्पादन गतिविधिहरू द्रुतरूपमा विस्तार गरिरहेको छ, किनभने कम्पनीले आफ्नो उत्पादनको एक हिस्सा चीनबाट बाहिर सार्ने देखिन्छ ।

एप्पलले २०१७ मा विस्ट्रोनसँग भारतमा आइफोन एसेम्बल गर्न थालेको थियो । यसपछि यसले फक्सकनसँग पनि काम गर्न थाल्यो । हाल भारतमा यसको १४ आपूर्तिकर्ता छन् ।

राज्यमन्त्री राजीव चन्द्रशेखरले सोसल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर) मा लेखेका छन्– ‘टीडीकेले उत्तरी राज्य हरियाणामा आफ्नो उत्पादन सुविधा स्थापना गर्ने छ। यसले करिब १ हजार नयाँ व्यक्तिलाई रोजगारी दिने छ ।’

मिडिया रिपोर्टका अनुसार हरियाणामा टीडीकेद्वारा तयार गरिएका सेलहरू एप्पलको लिथियम आयन ब्याट्री एसेम्बलर सुनभोडा इलेक्ट्रोनिक्सलाई आपूर्ति गरिने छ । यद्यपि, यस समाचारमा एप्पल र टीडीपी कर्पोरेसनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.