डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेतालाई पुरस्कार रकम प्रदान

  २०८० मंसिर १९ गते १५:३५     विकासन्युज

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गतको विजेतालाई पुरस्कार रकम प्रदान गरिएको छ ।

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत धनगढिका आनसिंह बोहराले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । एक कार्यक्रमको आयोजना गरि बोहरालाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । कार्तिक २० गते सोमबार भएको लक्की ड्र मार्फत धनगढिका आनसिंह बोहराले नगद एक लाख रुपैयाँ जितेका हुन् ।

डिशहोमले दसैँतिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियो। उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकलाई धन्यवाद दिँदै कमपनीले हरेक हप्ता नगद १ लाख जित्न सफल भएका सम्पूर्ण विजेतालाई बधाइ दिएको छ। निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजना ल्याउने जनाएको छ। यसबाटा ग्राहकले लाभ उठाउने विश्वास कम्पनीले लिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.