
एजेन्सी । विश्वका सबैभन्दा धनी व्यापारी इलोन मस्कले सामाजिक सञ्जाल ट्वीटर किन्न करिब १३ अर्ब अमेरिकी डलर ऋण लिएका थिए ।
सोसल मिडिया कम्पनी ट्वीटर (हाल एक्स) को प्रत्येक वर्ष उक्त ऋणको ब्याजका रूपमा १ अर्ब २० करोड डलर चुक्ता गरिरहनुपर्छ । पछिल्ला केही दिनदेखि ठूला विज्ञापनदाताहरूले सामाजिक सञ्जाल साइट एक्स छाडिरहेका छन् ।
अब एक्सले ऋणको ब्याज तिर्न वा कर्मचारीको तलब भुक्तानी गर्नका लागि आवश्यक पैसा उठाउन संघर्ष गरिरहेको छ । आइतबारको एक रिपोर्टमा सोसल मिडिया साइट एक्स टाट पल्टिन सक्ने जानकारी दिइएको छ ।
रिपोर्टमा भनिएको छ कि मस्क एक्सलाई यस अवस्थाबाट बचाउन कडा प्रयास गरिरहेका छन् । तर, यदि ठूला विज्ञापनदाताहरू यसरी नै भागे भने सोसल मिडिया एक्सलाई टाट पल्टिनबाट जोगाउन सकिँदैन ।
करिब ४४ अर्ब डलरमा किनेको सामाजिक सञ्जाल ट्वीटर टाट पल्टिन लागेको खबर धेरैलाई मन नपर्ला, तर यो सम्भव भएको बजारका विज्ञहरू बताउँछन् ।
डिज्नी र एप्पलजस्ता कम्पनीहरूले सोसल मिडिया साइट एक्समा विज्ञापन गर्न अस्वीकार गरेका छन् र यसबाट रिसाएर मस्कले पनि गत साता सोसल मिडियामा आफ्नो रिस पोखेका थिए ।
रिटेल टिकेटिङ कम्पनी वालमार्टले पनि एक्समा विज्ञापन नगर्ने घोषणा गरेको छ । वालमार्टका प्रवक्ताले भनेका छन्, ‘हामी एक्समा विज्ञापन गर्न गइरहेका छैनौं किनभने हामीले हाम्रा ग्राहकहरूमाझ अझ राम्रोसँग पुग्न अन्य मिडिया प्लेटफर्महरू प्रयोग गरिरहेका छौं ।’
सोसल मिडिया एक्स छाड्ने ब्रान्डहरूबारे कुरा गर्दा यसमा एप्पल, डिज्नी, आईबीएम, कमकास्ट र वार्नर ब्रदर्स आदि पर्छन् । अब डिस्कभरी पनि ती कम्पनीहरूमा सामेल भएको छ जुन अब एक्समा विज्ञापन गर्न इच्छुक छैन ।
गत वर्ष एक्सको ९० प्रतिशत राजस्व यी कम्पनीहरूबाट आएको थियो । यस वर्ष उनीहरूबाट पैसाको अपेक्षा गरिएको छैन । मस्कले धेरैपटक चेतावनी दिएका छन् कि यदि ठूला विज्ञापनदाताहरूले एक्स छाडे भने यो एक्सका लागि दुखद खबर हुन सक्छ ।
मस्कले सोसल मिडिया जाइन्ट असफल भए यसको मुख्य कारण केही विज्ञापनदाताले बहिष्कार गर्ने भएकाले सोसल मिडिया जाइन्ट टाट पल्टिन सक्ने खतरा रहेको बताए ।