चन्द्रागिरी हिल्सको निमित्त महाप्रबन्धकमा तण्डुकार, थापाले दिए राजीनामा

  २०८० मंसिर १९ गते १०:४१     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्सको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त भएका छन् । मंसिर १८ गते सोमबार बसेको ५२ औं संचालक समितिको बैठकले तण्डुकारलाई निमित्त महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव झलकराज शर्माले जानकारी दिए ।

कम्पनी सचिव शर्माका अनुसार ताण्डुकार यसअघि एक्जुकेटीभ म्यानेजर पदमा कार्यरत थिए । कम्पनीका महाप्रबन्धक संजीव थापाले दिएको राजिनामा सञ्चालक समितिले स्वीकृति दिएसँगै ताण्डुकारलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.