राष्ट्र बैंकका सञ्चालकले आफ्नो भत्ता २० प्रतिशत बढाए, गभर्नर अधिकारीले बुझे ६० लाख

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नरसहित सञ्चालक समितिलाई झण्डै २ करोड रुपैयाँ बढी भत्ता वितरण गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८०मा सञ्चालक समिति सदस्यहरूलाई ४५ लाख ५२ हजार ८ सय रुपैयाँ तलव, २३ लाख ५८ हजार रुपैयाँ बैठक भत्ता र १ करोड ३६ लाख ७१ हजार ३२६ रुपैयाँ अन्य सेवा सुविधा गरी [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नरसहित सञ्चालक समितिलाई झण्डै २ करोड रुपैयाँ बढी भत्ता वितरण गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८०मा सञ्चालक समिति सदस्यहरूलाई ४५ लाख ५२ हजार ८ सय रुपैयाँ तलव, २३ लाख ५८ हजार रुपैयाँ बैठक भत्ता र १ करोड ३६ लाख ७१ हजार ३२६ रुपैयाँ अन्य सेवा सुविधा गरी कूल २ करोड ५ लाख ८२ हजार १२६ रुपैयाँ भुक्तानी गरेको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मा भने गभर्नरसहित सञ्चालक समिति सदस्यहरूलाई ३९ लाख ५७ हजार ६ सय रुपैयाँ तलव, १८ लाख ९५ हजार रुपैयाँ बैठक भत्ता र १ करोड १३ लाख १ हजार ३११ रुपैयाँ अन्य सेवा सुविधा गरी कूल १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ भुक्तानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष राष्ट्र बैंकले सञ्चालक सदस्यहरूको तलव तथा बैठकभत्ता २० प्रतिशत बढाएको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत वर्ष झण्डै ६० लाख रुपैयाँ पारिश्रमिक तथा तलव भत्ता बुझेका छन् । गभर्नर अधिकारीले गत असारसम्म तलव वापत १६ लाख ३२ हजार रुपैयाँ, बोर्ड बैठक वापतको भत्ता ४ लाख १४ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ४० लाख ४५ हजार ३३५ रुपैयाँ गरी कूल ६० लाख ९१ हजार ३३५ रुपैयाँ पारिश्रमिक बुझेका हुन् ।

आर्थिक वर्ष २०७८/७९मा गभर्नर अधिकारीले तलव वापत १४ लाख १८ हजार ४ सय रुपैयाँ, बोर्ड बैठक वापतको भत्ता ३ लाख ५ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ३१ लाख ८१ हजार ८५५ रुपैयाँ गरी कूल ४९ लाख ५ हजार २५५ रुपैयाँ बुझेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष गभर्नर अधिकारीको तलवभत्ता २४.१७ प्रतिशत बढेको हो ।

गत वर्ष डेपुटी गभर्नर डा. निलम ढुंगाना (तिम्सिना)ले ५७ लाख २ हजार ३६१ रुपैयाँ र डेपुटी गभर्नर बम बहादुर मिश्रले ५३ लाख २२९ रुपैयाँ राष्ट्र बैंकबाट बुझेका छन् । राष्ट्र बैंकले डेपुटी गभर्नर ढुंगानालाई तलव वापत १४ लाख ६० हजार ४ सय रुपैयाँ, बोर्ड बैठक वापतको भत्ता ३ लाख ४२ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ३८ लाख ९९ हजार ९६१ रुपैयाँ भुक्तान गरेको छ । यस्तै, अर्का डेपुटी गभर्नर मिश्रलाई तलव वापत १४ लाख ६० हजार ४ सय रुपैयाँ, बोर्ड बैठक वापतको भत्ता ३ लाख ७८ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ३४ लाख ६१ हजार ८२९ रुपैयाँ भुक्तानी गरेको हो ।

अघिल्लो वर्ष डेपुटी गभर्नर डा.ढुंगानाले ४२ लाख ६० हजार ११३ रुपैयाँ र डेपुटी गभर्नर मिश्रले ४२ लाख २ हजार १७ रुपैयाँ राष्ट्र बैंकबाट बुझेका थिए । उक्त वर्ष ढुंगानाले तलव वापत १२ लाख ६९ हजार ६ सय रुपैयाँ, बोर्ड बैठक वापतको भत्ता २ लाख ७३ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत २७ लाख १७ हजार ५१३ रुपैयाँ र डेपुटी गभर्नर मिश्रले तलव वापत १२ लाख ६९ हजार ६ सय रुपैयाँ, बोर्ड बैठक वापतको भत्ता २ लाख ९६ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत २६ लाख ३६ हजार ४१७ रुपैयाँ प्राप्त गरेका थिए ।

अर्थसचिव समेत रहेका सञ्चालक कृष्णहरी पुस्करलाई बैठक भत्ता भत्ता वापत १ लाख ४४ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत १ लाख ११ हजार २२१ रुपैयाँ, चिन्तामणी शिवाकोटीलाई बोर्ड बैठक भत्ता ४ लाख ५ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ११ लाख ५९ हजार ३८२ रुपैयाँ, डा. शंकर प्रसाद आचार्यलाई ३ लाख ६० हजार रुपैयाँ बैठक भत्ता र ६ लाख ४८ हजार ४०८ रुपैयाँ, डा. रविन्द्र प्रसाद पाण्डेयलाई बैठक भत्ता वापत ९९ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत २ लाख ४५ हजार १२ रुपैयाँ भुक्तानी गरेको अन्य सेवा सुविधा वापत भुक्तानी राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले पूर्व सचिव तथा सञ्चालक अर्जुन प्रसाद पोखरेललाई बैठक भत्ता भत्ता वापत ९९ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत २९ हजार १८६ रुपैयाँ, तोयम रायालाई बैठक भत्ता भत्ता वापत ९९ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ७० हजार ९९२ रुपैयाँ, र मधुकुमार मरासिनीलाई बैठक भत्ता भत्ता वापत १८ हजार रुपैयाँ प्रदान गरेको हो ।

Share News