रियलमीकोको विजेता घोषणा, विजेताले पाए स्कुटर र टेलिभिजन

  २०८० मंसिर १८ गते १५:२३     विकासन्युज

काठमाडौं । रियलमीले ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ क्याम्पेनका विजेताहरू घोषणा गरेको छ । क्याम्पेनको बम्पर उपहारमा टिभिएस एन्टर्क स्कूटर, वासिङ मसिन, रियलमी जिटी प्रो २ र टेलिभिजन सेट राखिएको थियो ।

न्यू रामेश्वरम सप्लायर्सबाट बिनिता चौधरीले टिभिएस एनटर्क स्कुटर र भरत ट्रेड प्रालिबाट प्रकाश अधिकारीले बम्पर पुरस्कारको रूपमा रियलमी जिटी २ प्रो स्मार्टफोन जित्न सफल भएका छन् । त्यसैगरी एसबी भिजनबाट बाबुराम बस्नेतले ७ केजीको कोनका अटो वासिङ मेसिन र ओम मोबाइल सेल्स सेन्टरबाट मनिषा महासेठले ५५ इन्चको कोनका टेलिभिजन जित्न सफल भएकाे रियलमीले जनाएकाे छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘दैनिक, साप्ताहिक र बम्पर पुरस्कारका सबै विजेताहरूलाई हामी हार्दिक बधाई दिन चाहन्छौँ । प्रविधि र नवप्रवर्तनमा रियलमीले निरन्तर नेतृत्व गरिरहेको छ, जसको लागि हामीलाई हाम्रा गा्रहकहरुले माया र साथ दिनुभएको छ । वहाँहरुको यो अटुट माया र विश्वासको लागि हामी हृदयदेखि नै आभारी छौँ ।’

नेपालीहरुको महान पर्व दशैँ, तिहार, एवम् छठको उपलक्ष्यमा रियलमीले दशैँ तिहार उमङ्गः उपहारले सबै दङ्ग क्याम्पेन ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.