नेपालमा इभीको बजार परिवेश बदल्दै सिट्रोन, २०% डाउन पेमेन्टमै किन्न पाइने

  २०८० मंसिर १७ गते १८:०१     विकासन्युज

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको नयाँ इलेक्ट्रिक मोडल सिट्रोन ई-सी थ्रीलाई नेपाली बजारमा ल्याएको छ । हाइ रेन्जदेखि लो रेन्जसम्मको इलेक्ट्रिक गाडीहरु रहेको नेपाली बजारमा सिट्रोन ई-सी थ्री मिड रेन्ज कम्प्याक्ट एसयुभीको विकल्प बनेर आएको छ ।

२९.२ किलोवाट क्षमताको ब्याट्री भएको यस सिट्रोन ई-सी थ्री पूर्ण रुपमा डिसी फास्ट चार्जिङ प्रदान गर्ने यस सेगमेन्टकै पहिलो गाडी हो । रिजेनेरेटिभ ब्रेकिङको साथ आउने यस विद्युतीय गाडीमा हरेक पटक ब्रेक लगाउँदा अटोम्याटिकल्ली चार्ज हुन्छ । त्यसैगरी फुल्ली अटोम्याटिक ड्राइभ फिचर भएको यस सिट्रोन ई-सी थ्रीमा ई-टगल र अटोम्याटिक गियरबक्स पनि उपलब्ध रहेको छ ।

विद्युतीय गाडी किन्दा हाम्रो दिमागमा सबैभन्दा पहिला आउने प्रश्न भनेको यसले दिने रेन्ज हो । यो प्रश्नलाई सिट्रोन ई-सी थ्रीले चित्त बुझ्ने गरि सम्बोधन गरेको छ । कम्पनीका अनुसार गाडीले सिङ्गल चार्जमा ३२० किलोमिटरको (एमआइडिसि साइकल अनुसार) रेन्ज दिन्छ भने ब्याट्री पनि जम्मा ५६ मिनेटमा नै शून्यदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

सुरक्षाको मामिलामा पनि सिट्रोन ई-सी थ्रीमा केही कमी नरहेको कम्पनीको दाबी छ । एबीएस, इएसपी र मल्टिपल एयरब्यागहरूसहित उपलब्ध यो गाडीमा क्याबिन र सिटहरू पनि फराकिलो र आरामदायक रहेको कम्पनीको दावी छ । यस सिट्रोन ई-सी थ्रीमा २६ सेन्टिमिटरको सिट्रोन कनेक्ट टचस्क्रिन डिस्प्ले, वायरलेस स्क्रिन मिररिङ र सिमलेस स्मार्टफोन कनेक्टिभिटी पनि उपलब्ध छ ।

गाडीमा ३ वर्ष अथवा १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ भने ब्याट्रीमा ७ वर्ष अथवा १ लाख ४० हजार किलोमिटरको वारेन्टी प्रदान गरिएको छ । त्यसैगरी मोटरमा भने ५ वर्ष अथवा एक लाख किलोमिटरको वारेन्टी रहेको छ । साथमा किलोमिटरको दुरीसम्म भने गाडीको नै वारेन्टी कम्पनीले प्रदान गर्दछ ।

सिट्रोन ई-सी थ्री जम्मा २० प्रतिशत डाउन पेमेन्टमा पाइने बताइएको छ । बाँकी ८० प्रतिशत भुक्तानीको लागि ९.४९ प्रतिशत ब्याजदरमा ७ वर्षको बैंक ऋण उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

हालै सिट्रोन ई-सी थ्रीले यसै वर्ष न्युयोर्कमा आयोजित न्युयोर्क अटो शोको १९औँ वर्ल्ड कार अवार्ड समारोहमा वर्ल्ड अर्बन कार अफ द इयर २०२३ जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.