नेपाली जुत्ताघरको नयाँ शोरुम सातदोबाटोमा, कम मूल्यमा गुणस्तरीय सामान पाइने

  २०८० मंसिर १७ गते १७:३२     विकासन्युज

काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहले नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरेको छ ।

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामुहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस सातदोबाटो नेपाली जुत्ताघर पाचौं शोरुम हो । यसअघि पोखरा, बुटवल, जनकपुर र न्यूरोडमा चारवटा सामुहिक शोरुमको उद्घाटन गरिसकेको छ ।

‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित उक्त सामुहिक शोरुमको उद्घाटन बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले गरे । मन्त्रीले नेपाली उत्पादनको प्रवर्द्धनको लागि सक्दो सहयोग गर्ने र नीतिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्त्वपूर्ण भूमिका निभाउने बताए । साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्याएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरुलाई धन्यवाद दिए ।

उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारी सदस्य, वर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

साथै, विभिन्न व्यापारीक च्यानल मार्फत बजारमा उत्पादन पठाउँदा वस्तुको मूल्य वृद्धी हुने र यसले उत्पादक र उपभोक्ता दुबै पक्ष मारमा पर्ने भएकाले सामूहिक शोरुमको यस अवधारण अन्तर्गत ग्राहकले कम मूल्यमा गुणस्तरीय सामानहरु प्राप्त गर्दछन् । सातदोबाटो नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि. एफ स्पोट, रोयल शुज, फस्टवाक शुज, कस रोड शुज, डि.जे. शुज, कोसेली छाला जुत्ता, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन् ।

उद्योगीहरुको यस समुहद्धारा आगामी दिनमा देशभरका विभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जानकारी गरायो । साथै, देशको दिगो आर्थिक विकासका लागि आफ्नै देशको श्रम तथा सीपलाई प्रयोग गरेर देशमा नै रोजगारी सृजना गरिरहेका यस्ता प्रकारका उद्योगहरुको विकास विस्तारमा राज्यका तर्फबाट पनि नीतिगत सहयोग हुनु जरुरी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.