प्रभु क्यापिटलका ग्राहकले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने

<p>काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । आफ्ना ग्राहकलाई विशेष सुविधा प्रदान गर्न प्रभु क्यापिटल लिमिटेड र मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीचमा समझौता भएको हो । आइतबार भएको उक्त सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा मेरिना इन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहनमान जोशीले [&hellip;]</p>

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।

आफ्ना ग्राहकलाई विशेष सुविधा प्रदान गर्न प्रभु क्यापिटल लिमिटेड र मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीचमा समझौता भएको हो ।

आइतबार भएको उक्त सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा मेरिना इन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहनमान जोशीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअनुसार प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकले मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरबाट सेवा लिँदा २५ प्रतिशत छुट अफर पाउने भएका छन् ।

यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो आईडी कार्ड प्रस्तुत गर्नुपर्नेछ जसका आधारमा इम्पेक्सले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ ।

यो अफर क्यापिटलका हितग्राही ग्राहकले समझौता अवधिदेखि आगामी २ वर्ष अवधिसम्मका लागि इम्पेक्सको सम्पूर्ण शाखाबाट प्राप्त गर्न सक्नेछन् । यसले बागबजार, न्यूरोड, गाबाल, सामाखुशीमा रहेका ४ वटा आउटलेट मार्फत सेवा प्रदान गर्दछ ।

प्रभु क्यापिटल र मेरिना इन्पेक्स एन्ड टेलरिङ सेन्टरबीचको यो सम्झौताले क्यापिटलका ग्राहकहरूलाई शर्टिङ तथा सुटिङ तथा टेलरिङ सेन्टरको सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

‘प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकका लागि प्रभावकारी रूपमा मर्चेन्ट बैंकिङ सेवा दिनुका अतिरिक्त ग्राहकलाई थप सन्तुष्टि दिन क्यापिटलले समय समयमा यस्ता व्यवसायिक समझौता गरी यस्ता छुट तथा अफर सुविधा दिनसमेत कम्पनी सधै अग्रसर रहेको छ,’ प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत गौचनले भने ।

प्रभु क्यापिटल मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो जसले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सेवा प्रदान गर्ने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्नुका साथै सामाजिक उत्तरदायित्व कार्यसमेत वहन गर्दै आइरहेको छ ।

मेरिना ईन्पेक्स सन् १९८३ देखि ग्राहकको सेवामा गुणस्तर र प्रतिस्पर्धी मूल्यको साथ उत्कृष्ट सेवा प्रदान गर्ने एक अग्रणी सर्टिङ सुटिङ टेलरिङ हो । मेरिना इम्पेक्सले ग्राहकलाई सुट, दौरा सुरुवाल, पार्टी वेयर, अफिस वेयर आदि उपलब्ध गराउँदछ ।

Share News