विकासन्युजकर्मी भण्डारी भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

  २०८० मंसिर १६ गते ११:५९     विकासन्युज

काठमाडौं । विकासन्युजमा कार्यरत सीआर भण्डारी भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४औं वार्षिक साधारणसभाका अवसरमा ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ बाट भण्डारीलाई पुस्कृत गरिएको हो ।

उनलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रमाणपत्र र नगद हस्तान्तरण गर्दै पुरस्कृत गरेका हुन् । उनले प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ पाएका छन् ।

भण्डारीले गतिशील बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वले गरेको आर्थिक घोटालाको विषयमा सिलसिलेबार रूपमा समाचार लेखेका थिए । उनको समाचारपछि सो सहकारीका अध्यक्ष बलराम पाठकले राजनीमा समेत दिए ।

उनै पाठकले राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्षका रूपमा पनि काम गरिरहेका थिए । सहकारीलाई समस्यामा पार्ने व्यक्ति नै सरकारी बैंकको अध्यक्षका रूपमा नेतृत्व गरेको विषय उनले पुन: उठाएपछि सरकारले उनलाई बैंकको अध्यक्षबाट पनि हटाएको थियो । सोही समाचारले उनी पुरस्कृत भएका हुन् ।

यस्तै, यस्तै भरतमोहन अधिकारी-नाफिज आर्थिक पत्रकारिता पुरस्कार रोविन पौडेल, निर्जीवन बिमा व्यवसायी संघ-नाफिज बीमा पत्रकारिता पुरस्कार रिना खत्री र भिमा पन्थीले प्राप्त गरेका छन् भने निर्जीवन बीमा व्यवसायी संघ-नाफिज कृषि पत्रकारिता पुरस्कार रितेश त्रिपाठीले प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.