१५ प्रतिशत ब्याज तिर्नु भएको छ भने राष्ट्र बैंक आउनुस्, फिर्ता गराउँछौं : गभर्नर

  २०८० मंसिर १५ गते ११:२२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी व्यवसायीहरूले १५ प्रतिशत ब्याज तिरेको भए राष्ट्र बैंकले फिर्ता गराउने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यदि कसैले १५ प्रतिशत ब्याज तिरेको भए राष्ट्र बैंकले फिर्ता गराउने बताएका हुन् ।

‘हामीले सेक्टरवाईज अध्ययन गरेका छौं, ८/९ प्रतिशतमा लोन लिने व्यवसायी धेरै छन्, यदि कसैले १५, १६ वा १७ प्रतिशत ब्याज लिएका छन् भने राष्ट्र बैंक आउनुस्, बढी लिएको ब्याज हामी फिर्ता गराउँछौं’- उनले भने ।

क्षमता भन्दा बढी कर्जा लिनेहरु समस्यामा परेको उनको टिप्पाणी छ । ‘केही व्यवसायीलाई समस्या छ, आफ्नो घाँटी नहेरी हड्डिको साईज लिनुहुन्छ र राज्यलाई दोष दिनुहुन्छ,’ उनले थपे ।

राष्ट्र बैंकले ब्याजदर बजारलाई छोडेको र स्प्रेडदर ४ प्रतिशत झार्न निर्देशन दिएको उनले बताए । एनपीए र कर्जा गुणस्तरमा समस्या बैंकिङ सिस्टम सुरक्षित र साउन्ड भएको उनले बताए ।

अर्थतन्त्र संरचनात्मक रुपमा समस्यामा रहेको र रेमिट्यान्सले धानेको उनको भनाइ छ । आन्तरिक उत्पादनलाई बढाउने काम राज्यको तर्फबाट प्रयास भएपनि पर्याप्त नरहेको उनले बताए । उनले अर्थतन्त्री र गभर्नर बिचको सम्बन्धमा कुनै समस्या नरहेको प्रष्टीकरण दिए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर घट्दै गएकोले अब अर्थतन्त्र चलायमान हुने धारणा राखेका छन् । ‘बैकिङ क्षेत्रमा सुधार आइरहेको छ, ब्याजदर घटिरहेको छ, यसले आर्थिक क्षेत्र चलायमान बनाउने अनुमान छ, तरलताको समस्या समाधान भएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.