‘ब्याज घटिरहेको छ, अब अर्थतन्त्रमा सुधार आउँछ’

<p>काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर घट्दै गएकोले अब अर्थतन्त्र चलायमान हुने धारणा राखेका छन् । शुक्रबार काठमाडौंमाआयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता समाधान हुँदै गएको र त्यसले बैंकको ब्याज घटाउन पनि मद्दत पुर्याएको बताएका छन् । ‘बैकिङ क्षेत्रमा सुधार आइरहेको छ, ब्याजदर घटिरहेको छ, यसले आर्थिक [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर घट्दै गएकोले अब अर्थतन्त्र चलायमान हुने धारणा राखेका छन् । शुक्रबार काठमाडौंमाआयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता समाधान हुँदै गएको र त्यसले बैंकको ब्याज घटाउन पनि मद्दत पुर्याएको बताएका छन् ।

‘बैकिङ क्षेत्रमा सुधार आइरहेको छ, ब्याजदर घटिरहेको छ, यसले आर्थिक क्षेत्र चलायमान बनाउने अनुमान छ, तरलताको समस्या समाधान भएको छ,’ उनले भने ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले बैंकको नाफा घटेको धारणा राखेका छन् । यस्तै बैंकको खराब कर्जा घट्दा केही चुनौती देखिएको उनको भनाइ छ । खराब कर्जा बढेको भए पनि साउथ एसियामा भने राम्रै भएको उनको भनाइ छ ।

उनका अनुसार उर्जा क्षेत्रमा बैंकको लगानी बढ्दै गएको छ । सरकारले विदेशी लगानी बढाउनतर्फ ध्यान दिनु पर्ने उनको भनाइ छ । यस्तै, पछिल्लो समय अनुदानमा गरेका लगानीको ८ अर्ब भन्दा बढी सरकारबाट नपाएको उनको गुनासो छ ।

Share News