ऋणमुक्त बन्यो आयल निगम

  २०८० मंसिर १४ गते १९:३०     विकासन्युज

काठमाडौं । लामो समयदेखि ऋणमा रहेको नेपाल आयल निगम ऋणमुक्त बनेको छ । इन्धनको आपूर्ति सहज बनाउन सरकारबाट लिएको ७ अर्ब ऋणमध्ये अन्तिम किस्ता ७० करोड अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा भुक्तानी गरेसँगै निगम मंगलबारदेखि ऋणमुक्त बनेको हो ।

वाणिज्य बैंकसँग ३ अर्ब र सरकारसँग ७ अर्ब ऋण लिएकोमा मङ्गलवार ब्याजसहित सबै चुक्ता गरेको निगमले जनाएको छ । आईओसीको ऋण जून ३१ र ब्याज जुलाई ८ मा तिरेका थियो ।

अन्तिम किस्ता स्वरूप ७० करोड बुझाएपछि ऋण मुक्त बनेको निगमले जनाएको छ । यसअघि ६ अर्ब ३० करोड रुपैयाँ तिरेको निगमले बाँकी ७० करोड रुपैयाँ तिरेसँगै ऋण मुक्त भएको आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.