प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा छुटेका ३१ यात्रुसँग मन्त्री किराँतीले माफी मागे

  २०८० मंसिर १४ गते १९:११     विकासन्युज

फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधवार ३१ यात्रु छोडिएकोप्रति माफी मागेका छन् ।

बिहीबार काठमाडौंमा म्युजिक भिडियो म्युम्जमा ए सार्वजनिक गर्दै उनले माफी मागेका हुन् । उनले २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडिएको र उनीहरुलाई सरकारले नै होटलमा राखि आज गन्तव्यमा पुर्याएको बताए ।

उनले भीभीआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै राति साढे ११ बजेको फ्लाइट सार्नुपरेको बताए । उनले प्यासेन्जरहरुलाई मेल र फोन गरेर जानकारी गराएपनि फोन नउठाउने र मेल जाँच नगर्नेहरु समस्यामा परेको बताए ।

उनले भने ‘भर्खर नेपाल एयरलाइन्स चढेर सम्माननीय प्रधानमन्त्री दुबई जानुभएको छ । ३१ जना यात्रु छोडियो भनेर समाचार आएका छन् । आज धरै छापिएको छ । मेरो पनि नाम छापिएको छ, ठिकै छ । २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडियो । हाम्रो जहाजको सेड्युल ११ बजेर ३० मिनेटमा थियो । तर भिभिआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै हामीलाई सार्न लगाएपछि बाध्य भयौँ । संसारमा जहाँ पनि सार्नुपर्छ । फोन हुनेलाई फोन र मेल हुनेलाई मेल पठायौँ । फोन नउठाउने र मेल नहेर्ने छुट्नुभएछ । उतैबाट टिकट काटेर आएकाहरु छुट्नुभयो । उहाँहरुसँग सम्बन्धित निकायले माफी पनि मागेको छ । मन्त्री भएकाले म पनि क्षमा माग्न चाहन्छु । नियमअनुसार नै उहाँहरुलाई होटलमा राखेर आज बेलुकासम्ममा हामी गन्तव्यमा पठाउँछौँ ।’

मन्त्री किराँतीले युरोपियन युनियनको कालो सूचिमा देश करिब १३ वर्ष अघिदेखि रहेको भन्दै अब खुल्ने चरणतिर प्रवेश गरेको बताए । १२ बुँदै चिठी पठाएको र १२ बुँदा पालना गरेको खण्डमा कालोसूचिबाट हट्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.