ईभी बजारमा बीवाईडीको नयाँ रेकर्ड, बनायो ६० लाख न्यू इनर्जी भेहिकल

  २०८० मंसिर १४ गते १८:१५     विकासन्युज

काठमाडौं । बीवाईडीले ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न गरेको छ । न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरुको विश्व प्रमुख निर्माता बीवाईडीले तीन महिनामै ५० लाखदेखि ६० लाख उत्पादन गरेको हो ।

यससँगै कम्पनीले विद्युतीय सवारी उद्योगमा नयाँ रेकर्ड बनाउँदै द्रुत गतिको निर्माण र बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको छ ।
बीएओ ५ बीवाईडीको फ्याङ्चेङ्गबाओ उप ब्राण्ड अन्तर्गतको एसयूभी हो ।

बीवाईडीको विविध ब्रँड मैट्रिक्सहरुमा डाइनेष्टि र ओसियन सिरिज, फ्याङ्चेङ्गबाओ, डेन्जा र याङ्वाङ् जस्ता विभिन्न ब्राण्डहरु उपलब्ध छन् । गत अक्टोबरमा मात्रै बीवार्ईडीले तीन लाखभन्दा बढी न्यू इनर्जी भेहिकलको बिक्री गर्दै मासिक बिक्री रेकर्ड हाँसिर गरेको थियो ।

२०१० बाटै बीवाईडीले बस र ट्याक्सी जस्ता सार्वजनिक यातायातका साधनहरुको विद्युतीकरण गर्दै विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै आएको छ । बीवाईडीको विद्युतीय साधनहरु अब ७० भन्दा बढी देशको चार सय भन्दा बढी सहरहरुमा सञ्चालन छन् ।

न्यू इनर्जी भेहिकलको निर्यात र स्थानीय उत्पादन दुबैमा बीवाईडीले आफ्नो पहुँच बढाएको छ । हाल कम्पनीले ५८ देशका विभिन्न क्षेत्रमा २ लाखभन्दा बढी ग्राहकहरु बिक्री गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.