बिहीबारको सेयर कारोबारमा देखियो सुधार, नेपाल इन्स्योरेन्सको सर्वाधिक किनबेच

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । ओरालो यात्रामा रहेको परिसूचक बिहीबार १८.०६ अंकले घटेर १८५८.५३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९६ प्रतिशतले घटी हो । परिसूचक घटेपनि कारोबार रकममा भने झिनो सुधार देखिएको छ । बुधबार एक अर्ब २३ करोडको कारोबार भएको बजारमा बिहीबार एक अर्ब ३२ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । ओरालो यात्रामा रहेको परिसूचक बिहीबार १८.०६ अंकले घटेर १८५८.५३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९६ प्रतिशतले घटी हो ।

परिसूचक घटेपनि कारोबार रकममा भने झिनो सुधार देखिएको छ । बुधबार एक अर्ब २३ करोडको कारोबार भएको बजारमा बिहीबार एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सो दिन २८९ स्क्रिप्सको कारोबार भएको बजारमा ४५ लाख ९५ हजार कित्ता सेयर बिक्री भएका छन् ।

सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको सेयर कारोबार भएको छ । इन्स्योरेन्सको ११ करोड ६७ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको हो । जसको अन्तिम कारोबार प्रतिकित्ता ४२३ रुपैयाँमा भएको छ ।

बजारमा ३२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको भने सेयर मूल्य स्थिर छ ।

सेयर मूल्य बढ्नेमध्ये रु रु जलविद्युत परियोजनाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.६३ प्रतिशतले बढेर प्रतिकित्ता ७५० रुपैयाँमा पुगेको छ ।

त्यस्तै, मूल्य घट्नेमध्ये विजय लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल र यूनाइटेड मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य १० १० प्रतिशतले घटेको छ ।

त्यस्तै, बजारमा कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बढेको छ भने बाँकी समूह राताम्मे देखिएका छन् ।

Share News